Thursday, 2nd July, 2026
वि.स.

मनहरी गाउँपालिकामा निःशुल्क पशुको कृत्रिम गर्भाधान

manahari-1535010371.jpg

६ भदौ पशुपालक किसानले पालेका गाइभंैसीको कृत्रिम गर्भाधानमा शतप्रतिशत अनुदान दिने मनहरी गाउँपालिकाले घोषणा गरेको छ । चालू आर्थिक बर्ष २०७५(७६ को स्वीकृत बजेट तथा कार्यक्रममा पशुपालक किसानहरुका लागि यस्तो व्यवस्था गरिएको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाभित्र पशुपालन गर्ने किसानहरुलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले दुग्ध उत्पादक सहकारी संस्थाहरुमार्फत कृत्रिम गर्भाधान सेवालाई निःशुल्क गर्न लागेको हो.

यसैगरी गाउँपालिकाले कृषकहरुलाई अर्गानिक खेतीतर्फ आकर्षित गराउनका लागि अर्गानिक मल खरिदमा अनुदान दिने भएको छ । अर्गानिक मल खरिद गर्दा किसानले ५० प्रतिशत अनुदान प्राप्त गर्नेछन् । यसका लागि गाउँपालिकाले आवश्यक बजेट बिनियोजन गरेको र अब कार्यान्वयनको चरणमा पुगेको जनाएको छ ।  गाउँपालिको सार्बजनिक सूचना जारी गरी किसानलाई अर्गानिक मलमा ५० प्रतिशत अनुदान दिएर रासायिनिक मललाई निरुत्साहित गर्दै लगिने जनाएको छ । यसका लागि गाउँपालिकाभित्र रहेका कृषि सहकारी तथा कृषक समूहहरुलाई परिचालन गरिनेछन ।  सहकारी र समूहमार्फत अनुदान लिन चाहने किसानहरुले अनुदान लिन सक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कृषि सहकारी तथा कृषक समूहहरुको सहजीकरण गरी सुविधा लिन सजिलो पार्ने जनाएको छ ।  मनहरी गाउँपालिकाका किसानहरु मुख्यतः कृषि पेसामा आधारित छन् । वडा नं १, २, ३, ५, ९ र ७ मा परम्परागत खेती हुने गरेको छ भने वडा नं ६ र ८ मा बेमौसमी खेती हुनेगरेको छ ।khabar brak