nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मण्डुखोलामा असलाको ५०० भुरा, जैविक विविधता जोगाउने कुरा

asala-machha-palan-1700312006.jpg

जैविक विविधताले युक्त थाहानगरको मण्डुखोलामा रैथाने असला माछाको भुरा छाडिएको छ । थाहा नगरपालिकाको वडा नं. ४ मा रहेको उक्त खोलामा असला माछाको करिब ५०० भुरा छाडिएको करुणाभूमि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विनोद लामाले जानकारी दिए । 

विगतमा स्थानीय खोलाहरुमा असला जातको माछा प्रशस्त पाइने भए पनि पछिल्ला वर्षहरुमा संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको छ । स्थानीय जातको माछा संरक्षण गर्दा जैविक विविधताकै संरक्षण हुने भएकोले खोलामा असला माछाका भुरा छोड्ने अभियान सञ्चालन गरिएको लामाले जानकारी दिए । अहिले मण्डुखोलाबाट शुरु गरिएको यो अभियान अन्य खोलामा पनि सञ्चालन गरी थाहानगरलाई असला माछाको नगरको रुपमा चिनाउन पहल गरिने लामाको भनाइ रहेको छ । 

मण्डुखोला बस्तीदेखि टाढा जंगलको बीचमा रहेकोले प्राकृतिक रुपमा असला माछाको संरक्षण हुनसक्ने देखेर भुरा हालेको लामाले बताए । 

उक्त खोलामा माछा हुर्केमा पर्यावरण र जैविक विविधताको संरक्षणको साथै चरा संरक्षणमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ । खोला आसपासको क्षेत्र स्थानीय चराहरुको उपयुक्त बासस्थान भएकोले माछाका कारण चराको सङ्ख्यामा वृद्धि हुनेसमेत अपेक्षा गरिएको छ ।

यसअघि करुणाभूमि सामुदायिक उपभोक्ता समूहले सीमभञ्ज्याङस्थित पर्वतीय तालमा पनि असला माछाको भुरा हालेको थियो । तालमा माछा मार्न निषेध गरिएपछि अहिले प्रशस्तै माछा हुर्किरहेका छन् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)