Thursday, 27th August, 2026
वि.स.

मकवानपुरमा श्रीमती हत्याको आशंकामा श्रीमान पक्राउ

pakarau-1610951516.jpg

 मकवानपुगढी गाउँपालिका वडा नम्बर २ खोलेखेतमा एक जना महिलाको हत्या गरेको प्रहरीले आसंका गरेको छ । गएराती स्थानीय ४६ वर्षकी श्रीमाया गोलेको हत्या आसंकामा प्रहरीले उनको श्रीमानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले वताए। श्रीमानद्धारा श्रीमतीको हत्या गरेको शंकामा प्रहरीले उनको देवराज गोेलेलाई पक्राउ गरेको हो ।

गोलेलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको र हत्या भएको संका मात्र गरिएको उनले वताए । श्रीमती श्रीमाया गोलेलाई भ¥याङबाट खसालेर हत्या गरेको स्थानीय वासिन्दाहरुले आरोप लगाएका छन् । उनीहरु आइतबार साँझ खाना खाए पछिको सुत्ने समयको बेलामा हत्या भएको हुन सक्ने स्थानीयको भनाइ रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif