Monday, 17th August, 2026
वि.स.

मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुग्यो

corona-death-1624433910.jpg

मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ  । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा मकवानपुरमा ३३ हजार ६८९ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको  थियो ।

पहिले कोरोनाको सङ्क्रमण धेरै भए पनि अहिले भने घट्दै गएको छ । हेटौँडा उपमहानगरपालिकामा कोरोना सङ्क्रमित धेरै जना देखापरेका छन् । जिल्लाका अरू नौ स्थानीय तहमा भने कोरोना सङ्क्रमण हेटौंडाको तुलनामा कम रहेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif