purse-harayo-suchana-1638264288.jpg
Wednesday, 1st December, 2021
वि.स.
Dashain-Ukesh-1634132689.jpg

मकवानपुरको १० स्थानीय तह बजेट: कुन स्थानीय तहको कति ?

bajet-1624600316.jpg

मकवानपुरको १० वटै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याएका छन् ।

स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार बिहिबार जिल्लाका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम र बजेट ल्याएका हुन् ।

हेटौंडा उपमहानगरपालिका

 हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपँयाको बजेट ल्याएको छ ।उपमहानगरको नवौ नगरसभामा उपप्रमुख मिनाकुमारी लामाले आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपँयाको बजेट प्रस्तुत गरेकी हुन् ।

थाहा नगरपालिका

यसैगरि जिल्लाको थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि ९५ करोड ६४ लाख ३२ हजार रुपैयाको बजेट ल्याएको छ । नगरपालिकाको नवौ नगरसभामा उपप्रमुख खड्ग बहादुर गोपालीले आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन् ।

इन्द्रसरोबर गाउँपालिका

यसैगरि इन्द्रसरोबर गाउँपालिकाले सबैभन्दा कम बजेट प्रस्तुत गरेको छ । इन्द्रसरोबर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३८ करोड ४१ लाख ५९ हजार ७ सय २६ रुपँयाको बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाको नवौ गाउँ सभामा उपाध्यक्ष उमा कुमारी लामाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा उक्त बजेट विनियोजन गरिएको जानकारी दिईन् ।

बकैया गाउँपालिका

 बकैया गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपँया ९६ पैसाको बजेट ल्याएको छ ।  बिहिबार गाउँपालिकाको सातौ गाउँसभाको बैठकमा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपँया ९६ पैसा को बजेट विनियोजन गरिएको जानकारी दिईन् ।

मकवानपुरगढी गाउँपालिका

यसैगरि जिल्लाको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपँया बजेट ल्याएको छ ।

राक्सिराङ गाउँपालिका

यसैगरि राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि कुल ५४ करोड ७३ लाख २० हजार रुपँयाको बजेट प्रस्तुत छ ।

  कैलाश गाउँपालिका

कैलाश गाउँपालिकाले ४५ करोड ९६ लाख ८ सय ४३ रुपँयाको बजेट सार्वजनिक गरेको छ ।

मनहरी गाउँपालिका

यसैगरि मनहरी गाउँपालिकाले ८३ करोड ६७ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ ।

बागमती गाउँपालिका

यसैगरि बागमती गाउँपालिकाले ५३ करोड ६६ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

भीमफेदी गाउँपालिका

यसैगरि जिल्लाको भीमफेदी गाउँपालिकाले ६५ करोड ४१ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ ।

स्थानीय तहहरुले सार्वजनिक गरेको नीति,कार्यक्रम तथा बजेटमा सडक पूर्वाधार विस्तार र स्तरोन्नती,शिक्षा, कृषि र पशु क्षेत्रको उत्पादन बृद्धि, बालमैत्री, अपाङ्गता मैत्री, वातावरण मैत्री,वातावरण तथा विपद व्यवस्थापनको माध्यमबाट दिगो विकास गर्ने,कृषि क्षेत्रलाई प्रोत्साहन,सरसफाई,खानेपानी,सांस्कृति प्रवद्र्धन,स्वास्थ्य सेवाको विकास,भवन तथा सहरी विकास गर्ने विस्तार केन्द्रित रहेको छ ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

Dashain-Yugal-1634128548.jpg
Dashain-Ganeshman-Shresth-1634180448.jpg
Apil-ward-6-1634212880.jpg
Apil-Ward-8-1634212920.jpg
Apil-Ward-11-1634212986.jpg
Apil-Ward-12-1634213008.jpg






Dashai-Jiyo-Bhim-1634040682.jpg
Dashai-Krishna-Balami-1634040714.jpg
Dashai-Sudip-Adhikari-1634040764.jpg
Dashai-Ramprashad-Gopali-1634040808.jpg


Dashai-Srikrishna-KC-1634130800.jpg

Dashain-Bishnu-Bista-1634180087.jpg
Dashain-Ramhari-Adhikari-1634180197.jpg
Dashai-Sanobhai-Karki-1634180249.jpg
Dashain-Rajeev-Syangtan-1634180279.jpg
Dashain-Bishnuhari-Dhakal-1634180314.jpg
Dashain-Nawaraj-Bista-1634180353.jpg
Dashain-Jayram-KC-1634180382.jpg