nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका दुई पत्रकार सम्मानित हुँदै

मकवानपुरमा क्रियाशील दुई पत्रकार आउने नयाँ वर्ष २०७४ सालको वैशाख १ गते सम्मानित हुने भएकाछन् । कतार स्थित नेपाली साझा मञ्च अन्तरास्ट्रिय अभियान सदस्य तथा प्रवासी नेपाली सहयोग मञ्च अध्यक्ष शेखर क्षेत्रीले विकासखबरलाई जानकारी   दिए ।
क्षेत्रीका अनुसार मकवानपुरमा क्रियाशील एक महिला र एक पुरुष पत्रकारलाई सम्मान गरिनेछ । सम्मान सहित पच्चीस हजार एक रुपियाँ नगद पनि प्रदान गरिने क्षेत्रीले जानकारी दिए । 
अभियानले पुरस्कार वितरणका लागि केही मापदण्ड पनि सार्वजनिक गर्दै पुरस्कृत गर्ने आधार खोजमूलक पत्रकारितालाई प्राथमिकता दिने उल्लेख गरेको छ । त्यस्तै प्रकाशित/प्रशारित समाचारले समाज राष्ट्र र जनताको पक्षमा सकारात्मक प्रभाव पारेको हुनुपर्ने, पत्रकारहरु छापा, अनलाईन, रेडियो र टेलिभिजन लगायतका माध्यममा जहाँ काम गरेको पनि पर्न सक्ने, विवादास्पद पत्रकारलाई छनौंट मापदण्डमा समावेश नगरिने पनि अभियानले जनाएको छ । 
अभियानले कतारमा विभिन्न समाजिक कामहरु गर्दै आएको छ । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)