nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भैरव स्मृति सम्मान, कलाकार गजुरेललाई

भैरव स्मृति सम्मान २०७२ बाट नेपालका चर्चित हास्यव्याङ््यकार मनोज गजुरेल सम्मानित भएका छन् । साहित्य संगम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरले संयुक्त रुपमा ५ असोजमा हेटौँडामा गरेको कार्यक्रममा गजुरेललाई नगद २१ हजार १ सय ११ रुपैँया सहित सम्मानपत्रद्वारा सम्मानित गरिएको हो ।
नेपाली हास्यव्याङग्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै गजुरेललाई सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथी डाक्टर माधव पोखरेलले गजुरेलले नेपाली हास्यव्याङग्यको क्षेत्रमा ठुलो तथा महत्वपूर्ण योगदान दिएको बताए । भैरव अर्यालको कदलाई थप उचाई दिनको लागि गजुरेलको योगदान रहेको भन्दै उनको सफलताले नेपाली हास्य साहित्य क्षेत्र अझ बलियो बन्न गएको उनको भनाई थियो ।
कार्यक्रममा कलाकार गजुरेलले नेपाली हास्याव्याङ्य क्षेत्रमा भैरव अर्यालको उचाई कहिल्यै कमि नहुने बताए । अर्यालकै प्रेरणाले आफुलाई यो क्षेत्रमा लाग्न हौसला प्रदान गरेको बताउँदै उनले हास्यव्याङग्य क्षेत्र मार्फत मुलुकमा भएका कुरिति तथा गलत सस्कारको कुराहरु जनमानसमा पु¥याउन सहज भएको र यस्ता बेथिती अन्त्य गर्न मद्दत पुगेको स्मरण गरे ।