Wednesday, 1st July, 2026
वि.स.

भूकम्पपीडितले दोस्रो किस्ता पाउने म्याद थपियो

Bhukampa0000-1518160657.jpg

सरकारले भूकम्पपीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप गरेको छ । शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई प्रदान गरिने दोस्रो किस्ताको रकम वितरण गर्ने म्याद चैत मसान्तसम्म पुर्‍याउने निर्णय गरेको हो ।

दोस्रो किस्ता लिने म्याद थपिएसँगै यसअघि २०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीले आगामी चैत मसान्तसम्म दोस्रो किस्ताको रकम लिन सक्नेछन् । यसअघि अघिल्लो वर्ष पुस मसान्तसम्म पहिलो किस्ता बुझेका लाभग्राहीले दोस्रो किस्ताको रकम पाउने यस्तो म्याद पुस मसान्तसम्म तोकिएको थियो ।

दोस्रो किस्ताको अनुदान पाउने समयावधि पुस मसान्तसम्म तोक्दा धेरै लाभग्राही छुट्ने स्थिति भएपछि प्राधिकरणले म्याद थप गरेको सीईओ युवराज भुसालले बताए । तेस्रो किस्ताको अनुदान वितरणको अवधि भने साविककै असार मसान्तसम्म कायम छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०