Saturday, 4th July, 2026
वि.स.

भूँइमा बसेर खाना खाँदा हुने स्वास्थ्यसम्बन्धी यी दश फाइदा

khana-1524468725.jpg

पछिल्लो समय अधिकांश मानिस कुर्सी–टेबुलमै बसेर खाना खाने गर्दछन् । तर, यो स्वास्थ्यका लागि पूर्णरुपमा लाभदायी छैन ।

पुरानो जमानाबाटै भूँइमा बसेर खाना खाने परम्परा चलिआएको छ, यसबाट हाम्रो स्वास्थ्यलाई कयौ लाभ प्राप्त हुने गर्दछ । आयुर्वेद विज्ञहरुका अनुसार डाइनिङ टेबुलमा बसेर खाना खाँदा स्वास्थ्य सम्बन्ध अनेक समस्या सिर्जना हुन सक्दछ। यसविपरीछ जसले भूँइमा बसेर परम्परागत तरिकाले खाना खाने गर्दछन् उनीहरु धेरै ससाना रोगबाट बच्न सक्दछन् । भूँइमा बसेर खाना खाँदा के कस्ता फाइदा हुन्छन् यहाँ पढ्नुस्ः

१. भूँइमा बसेर खाना खाने बेला हामी एउटा विशेष योगासनको अवस्थामा बस्दछौ, जसलाई सुखासन भनिन्छ । सुखासन पद्यासनकै एउटा रुप हो । सुखासनबाट स्वास्थ्यसम्बन्धी त्यो सबै लाभ प्राप्त हुन्छ, जुन पद्यासनबाट प्राप्त हुने गर्दछ ।

२. बसेर भोजन गर्दा हामी बढी राम्रोसँग खाना खान सक्दछौ ।

३. यो आसनमा बस्दा मनको एकाग्रता बढ्दछ ।

४. सुखासनबाट पूरा शरीरमा रक्तसंचार एकै ढंगले हुन लाग्दछ । जसबाट शरीरलाई बढी ऊर्जा प्राप्त हुन्छ ।

५. यो आसनबाट मानसिक तनाव कम हुन्छ र मनमा सकारात्मक विचारको प्रभाव बढ्दछ ।

६. यो आसनमा बस्दा हाम्रो खुट्टा बजबुत बन्दछ ।

७. यसरी खाना खाँदा मोटोपन, अपच, कब्जियत, ग्यास्टिक आदि पेटसम्बन्धी रोगमा पनि राहत प्राप्त हुन्छ ।

८. यसरी खाना खाँदा आलस्यता पनि हट्छ र शरीरमा स्फुर्ति कायम रहन्छ । मांसपेशीको खिचाव कम हुन्छ ।

९. जब हामी भूँइमा बसेर खाना खान्छौ तब यसबाट मेरुदण्डको हड्डीको तल्लो भागमा जोड पर्दछ, जसबाट तपाईको शरीरलाई आराम प्राप्त हुन्छ ।

१०. यो आसनमा बस्दा कम्मर दुखाईबाट पनि राहत प्राप्त हुन्छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०