Sunday, 16th August, 2026
वि.स.

भारत–पाकिस्तान आक्रमणमा परी एक नेपालीको मृत्यु

भारत—पाकिस्तानबीच चुलिँदै गएको तनाबको बाछिटा नेपालसम्म आइपुगेको छ। पाकिस्तानी फाइरिङबाट भारतीय सेनामा कार्यरत एक नेपाली युवाले ज्यान गुमाएका छन्।

भारत—पाकिस्तान सीमावर्ती क्षेत्र रजौरीमा सुरक्षाका लागि खटिएका गोर्खा राइफलमा कार्यरत राइफलम्यान विमल तामाङको पाकिस्तानी फौजको आक्रमणमा मृत्यु भएको हो।

भारतीय सेनाका प्रवक्ता कर्नेल मनिष मेहेताले तामाङको मृत्यु पुष्टि गर्दै पाकिस्तानी पक्षले बिना सूचना फायरिङ खोल्दा घटना भएको बताए।