nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भारतीय कार र चार जनासहित ४८ किलोग्राम चरेश बरामद

मकवानपुरको हेटौँडाबाट प्रहरीले बिशेष सुराकीको आधारमा ११ फागुनमा भारतीय कारबाट ४८ किलोग्राम चरेश बरामद गरेको  छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१७ रातोमाटेमा हेटौँडाबाट बिरगञ्जतर्फ गईरहेको भारतीय कार, चार जना व्यक्ति पक्राउ गरिएको छ । एच.्आर.२१ जे. ३९३२ नम्बरको मारुती कारलाई जाँच गर्दा कारको फल्स भित्र र सिटभित्र लुकाई राखेको अबस्थामा ९६ पोका चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख बसन्तकुमार लामाले बताए ।

कारमा सवार चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । कारका चालक भारत हरियाणा राज्यको हिसाई जिल्लाका ३७ बर्षिय नरेशकुमार, सोही स्थानका ५२ बर्षिय भगवान दास, पर्सा बिरगञ्ज १९ का ३० बर्षिय परमात्मा गोसाई र बिरगञ्ज १० का ४१ बर्षिय अनिल स्वामीलाई पक्राउ परेका छन् । भगवान दासको साथबाट २० हजार पाँच सय ८० र अनिल स्वामीको साथबाट दुई हजार एक सय ३० रुपैँया भारतीय रुपैँया पनि बरामद गरेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।