Monday, 17th August, 2026
वि.स.

बोल्ड लुक्सका कारण फेरि चर्चामा प्रियंका [फोटो फिचर]

मुम्बई । अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय फोटोसुटको कारण चर्चामा छिन् । तस्बिर मार्फत अहिले उनका एकपछि अर्काे आकर्षक लुक्स बाहिर आइरहेका छन् ।

उनले हालै एक फेमस म्यागजिनका लागि फोटो सुट गराएकी छन् । उक्त तस्बिरमा उनको बोल्ड अन्दाज समेत समेटिएको छ । केही तस्बिरमा उनी विन्टेज लुक र  केहीमा क्लीन बोल्ड लुक्समा देखिएकी छन् ।

एक तस्बिरमा उनी रातो कलरको ड्रेसमा समेत सजिएको देख्न सकिन्छ । अर्काे एक तस्बिरमा उनले अरेन्ज कलरको स्ट्र्रपी ड्रेसमा बोल्ड लुक्स समेत प्रस्तुत गरेकी छन् ।

केही फरकफरक तस्बिरमा प्रियंका निकै सुन्दर देखिएकी छन् । फ्यानले उनका तस्बिरहरु निकै मनपराएका छन् । प्रियंकाले यो तस्बिर सुट फेशन म्यागजिन म्यारी क्लेयरका लागि गराएकी हुन् । जसमा उनी स्प्रिंग २०२१ कलेक्सनका साथ देखिनेछिन् ।
कबरमा छाएको तस्बिरमा प्रियंका गुलाबी रंगको ड्रेसमा उनी निकै सुन्दर देखिएकी छन् ।

कामको कुरोगर्ने हो भने प्रियंकाको फिल्म ‘द ह्वाइट टाइगर’ हालै रिलिज भएको छ । फिल्ममा उनको साथमा राजकुमार राव र आदर्श गौरव पनि रहेका छन् ।

फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो । फिल्म दर्शकले रुचाएका थिए । यसको अलवा उनले हालै हलिउड फिल्म ‘टेक्सट फर यु’की सुटिङ सकाएकी छन् ।

-एजेन्सीहरू



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif