Tuesday, 18th August, 2026
वि.स.

फाखेलमा खानेपानीको संभावना बारे अध्ययन गरिने 

मकवानपुरको फाखेल गाउँ विकास समितिमा खानेपानीको सम्भावना बारे अध्ययन हुने भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग, राडो नेपालको आयोजना र गाउँ स्तरीय खानेपानी उपभोक्ता समितिको व्यवस्थापनमा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रमबाट यस्तो निष्कर्ष आएको हो । 
वि.सं.२०७२ को विनाशकारी भुकम्प पश्चात् फाखेलमा रहेका खोला तथा खानेपानी मुहानहरु सुकेका छ्न् । मुहान सुकेपछि जीवनयापन नै कठिन हुन थालेको सर्वसाधारणको पीडा बाहिर आएपछि यस्तो बहस शुरु भएको हो । फाखेलको वडा नं १, २, ३, ४, ५, ६ र ७ मा खानेपानीको चरम समस्या छ । कार्यक्रममा खानेपानी तथा सरसफाइको क्षेत्रमा सरोकार राख्ने,  खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु, वडा नागरिक मञ्चका संयोजकहरु, ससिडिएन नेपालका जगत बजगाँइ, प्लान इन्टरनेशनल मकवानपुरका बेदबहादुर लामा, भरत थुलुङ, राडो नेपालका बद्री सापकोटालगायतको उपस्थिती रहेको थियो । 

फाखेलमा सुख्खायाम बढेसंगै पानीको समस्या बढ्न थालेपछि दैनिकी समेत कठिन हुन थालेको छ । हाल मुहान सुकेका स्थानमा बैकल्पिक उपायहरु अपनाइ खानेपानीको आपुर्ति गर्नु पर्ने दलिय समयन्त्रका जीवन लामाले सुझाएका छन् । त्यस्तै फाखेलमा यहि पौष महिना भित्रमा पहिलो चरणको प्राविधिक स्तरको अध्ययन गरी कार्यक्रम अघि बढ्ने भएको छ ।

-पुस्कल गोले सागर



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif