nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रहरी निरीक्षक पासवानले भने–‘नमुना काम गर्छु’

मकवानपुर स्थित इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विरेन्द्र कुमार पासवानले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायममा नमुना कार्य गर्ने बताएका छन् । इलाका प्रहरी कार्यालय पालुङको प्रमुखको रुपमा रौतहटबाट सरुवा भएर आएका निरीक्षक पासवानले यस्तो बताएका हुन् । उनले मकवानपुर उत्तरी क्षेत्रमा क्रियाशील पत्रकारहरुसंग ५ फागुनमा आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी यस्तो बताएका हुन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् तथा विकास खबरपत्रिकाका प्रधान सम्पादक कुमार नेगीले प्रहरी र पत्रकारबीचको सम्बन्ध नङमासुको जस्तो हुँदै आएको बताउँदै सहकार्य निरन्तर रहने बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघका मध्यामाञ्चल संयोजक समेत रहेका नेगीले अपराध लुक्न नदिन पत्रकारको कलम सँधै चलाएमान हुने र प्रहरीले दोषीलाई कानूनी दायरामा ल्याउनु पर्ने बताए । विकासखबर डट.कम.का डेस्क सम्पादक रामकुमार कार्कीले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रण गर्नका लागि सँधै प्रतिवद्ध रहने बताए । यसका लागि पत्रकार र प्रहरीको सहकार्य आवश्यक हुने विचार व्यक्त गरे । कार्यक्रममा विकासखबर डट.कम.का सम्पादक सुरजकुमार भुजेलले छिटो सूचना दिने नाममा गलत सन्देश जान सक्ने भएकोले प्रहरी पनि प्रविधिमैत्री भएमा साँचो सूचना नागरिकले पाउन सक्ने बताए । उनले संभव भए इलाका प्रहरी कार्यालय पालुङले पनि मेल सेवा शुरु गर्न सुझाव दिए । 

अपराध नियन्त्रणमा पत्रकारहरुको ठूलो भूमिका हुने बताउँदै प्रमुख पासवानले एक आपसमा सहकार्य गरे नागरिकलाई सहजै शान्ति सुरक्षाको अनुभूति दिलाउन सकिने बताए । पासवानले नमुनाका लागि थाहानगरका मुख्य चोकहरुमा सिसि टिभी जडानका लागि विभिन्न निकायसंग समन्वय गरिने बताए । उनले भने–‘यस क्षेत्रमा आउने पर्यटकहरुले सुरक्षाको प्रत्याभूति गर्छन्, फलस्वरुप पर्यटन प्रवद्र्धनमा सघाउ पुग्छ ।’ पासवानले प्रहरी सबै थोक नभएको बताउँदै सर्वपक्षिय सहयोगको अपेक्षा गरे । 

कार्यक्रममा विकासखबर डट.कम.का सानोबाबु मोक्तान, उमेश लामा, स्थानीय पत्रकारहरु राजेश श्रेष्ठ, राजकुमार केसीलगायतकाको उपस्थिती रहेको थियो ।