Thursday, 3rd September, 2026
वि.स.

पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने

31870632_793608234171429_-1525329688.jpg

 थाहा नगरपालिका, च्वाईस नेपाल, डोटेरा तथा स्थानीय सहयोगमा निर्माण भईरहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ निर्माणधीन भवनको दोस्रो चरणमा सामाजिक लेखा परिक्षण तथा सार्बजनिक सुनुवाई भएको छ ।बुधवार भवन निर्माण समितिका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा व्यवस्थापन समिति निर्माण समिति तथा पत्रकारको विचमा समाजिक परिक्षण भएको हो । हाल सम्म भवन निर्माणको काम ९५ प्रतिशत सम्पन्न भईसकेको निर्माण समितिका अध्यक्ष निरञ्जन अधिकारीले जनाकारी दिए ।

   १५ शैयाको अवधारणमा सुविधा सम्पन्न भवन निर्माण भईरहेको उनले जानकारी दिए । हाल सम्म १ करोेड ११ लाख ७३ हजार १ सय २० रुपैया निकासा भएको जसमा ९९ लाख ७७ हजार ६ सय ६२ रुपैया खर्च भएको सर्बजनिक सुनुवाई कार्यक्रममा जानकारी दिएको छ । 
१ करोड ३० लाख लागतमा निर्माण हुने भवनको लागि थाहा नगरपालिकाको १९ लाख ७३ हजार १ सय २० रुपैया सहयोग भएको छ । उक्त भवनलाई बैशाख २५ गते व्यवस्थापन समितिलाई हस्तान्तरण तथा थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif