Monday, 17th August, 2026
वि.स.

पालुङले पायो प्रहरी प्रमुख पासवान 

इलाका प्रहरी कार्यालय पालुङमा प्रमुखको रुपमा नयाँ प्रहरी निरीक्षक आएकाछन् । इलाका प्रहरी प्रमुख विरेन्द्र पनेरु सरुवा भइगएपछि रौतहटबाट सरुवा भई विरेन्द्र कुमार पासवान आएका हुन् । प्रहरी प्रमुख पासवान काजमा आएका हुन् । 

पालुङ आएपछि प्रमुख पासवानले स्थानीय संघसंस्थाहरुसंग परिचय तथा सुरक्षाका  विषयमा अन्तरक्रिया गरेका छन् । कार्यक्रममा प्रमुख पासवानले शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि सबैले सहयोग गर्न अनुरोध गरे । प्रहरीको मात्र सक्रियताले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम हुन नसक्ने बताउँदे यसका लागि सबैले सहयोग गर्नुपर्ने उनको भनाई थियो । 

थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले कानूनको विरुद्धमा हुने जो कोहीलाई पनि छुट नहुने बताउँदै त्यस्तो विरुद्ध आफू पनि सहयोग गर्ने प्रपितवद्धता व्यक्त गरे । कार्यकारी अधिकृत परियारले सामान्य घटनाका दोषि ठहर्दा नठहर्दै जिल्ला चलान गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए । उनले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायमका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

इलाका प्रहरी कार्यालय पालुङमा भएको कार्यक्रममा थाहानगर तथा आग्रा, टिष्टुङ, चित्लाङका राजनीतिक दलका प्रतिनीधहरु, संघसंस्थाका प्रमुख तथा प्रतिनीधिहरु लगायतकाको उपस्थिती रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif