Wednesday, 1st July, 2026
वि.स.

पालुङका बस्नेतको मोटरसाइकल दुर्घटनामा मृत्यू

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–निजगढ सडक खण्डको १६ किलोमिटरस्थित बंगरी खोला छेउमा १६ कात्तिकमा भएको दुर्घटनामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । 

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ पालुङ घर भई महोत्तरी फुलगावाँस्थित बेस क्याम्पमा कार्यरत जवान विनयबाबु बस्नेतको मृत्यु भएको हो । गम्भीर चोट लागेको बस्नेतलाई उपचारको लागि वीरगन्जस्थित मेडिकल कलेजमा लैजाँदै गर्दा  मृत्यु भएको प्रहरीले जनायो ।

बस्नेत बा४२प ७५७७ नम्बरको बाइकमा महोत्तरीबाट घर आउँदै गर्दा पथलैयाबाट निजगढ तर्फ जाँदै गरेको ना१त ६०३८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टर चालक फरार छन् । ट्याक्टर पथलैया प्रहरीको नियन्त्रणमा छ ।