nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङका बस्नेतको मोटरसाइकल दुर्घटनामा मृत्यू

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–निजगढ सडक खण्डको १६ किलोमिटरस्थित बंगरी खोला छेउमा १६ कात्तिकमा भएको दुर्घटनामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । 

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ पालुङ घर भई महोत्तरी फुलगावाँस्थित बेस क्याम्पमा कार्यरत जवान विनयबाबु बस्नेतको मृत्यु भएको हो । गम्भीर चोट लागेको बस्नेतलाई उपचारको लागि वीरगन्जस्थित मेडिकल कलेजमा लैजाँदै गर्दा  मृत्यु भएको प्रहरीले जनायो ।

बस्नेत बा४२प ७५७७ नम्बरको बाइकमा महोत्तरीबाट घर आउँदै गर्दा पथलैयाबाट निजगढ तर्फ जाँदै गरेको ना१त ६०३८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टर चालक फरार छन् । ट्याक्टर पथलैया प्रहरीको नियन्त्रणमा छ ।