Monday, 24th March, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

पहरी संघको चौथो केन्द्रीय महाधिवेशन मकवानपुरको राईगाउँमा शुरु

नेपाल पहरी विकास संघको चौथो केन्द्रीय महाधिवेशन मकवानपुरको राईगाउँमा १८ मंसीरबाट शुरु भएको छ । राईगाउँ गाविस वडा नम्बर  ४ शाखाटारमा सुरु भएको महाधिवेशनको स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जगेजुले उद्घाटन गरे । 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कमलजंग राई, माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रेमबहादुर पुलामी, जनजाती प्रतिष्ठानका सदस्य सचिव गोविन्दबहादुर माझीलगायतको आतिथ्यता रहेको थियो । 

मधिवेशनमा १४ जिल्लाका ८५ जना प्रतिनिधि रहेको संघका सल्लाहकार शेरबहादुर पहरीले जानकारी दिए । महाधिअधिवेशनले आगामी चार वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०