Friday, 28th August, 2026
वि.स.

मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वास प्रस्ताव टेबल नहुने

dormani-1611129762.jpg

वागमती प्रदेशको प्रदेशसभाको बुधबारको बैठक सहज रुपमा अघि बढाउन दलहरु सहमत भएका छन् । बैठक दिउँसो ३ बजे बस्दैछ ।  प्रदेशसभा बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आजको बैठक सहमतिमै अगाडि बढाउने सहमति जुटाएको हो ।

बुधबारको बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने बाहेक अरु कार्यसूची नराखिएको सांसद विशाल खड्काले  जनाकारी दिए ।  उनका अनुसार आजको बैठकमा नेकपा संसदीय दलको प्रमुख नेताका रुपमा अष्टलक्ष्मी शाक्य र मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले सम्बोधन गर्नेछन् ।

बुधबारको बैठकमा अविश्वासको प्रस्ताव टेवल नहुने भएको छ । अविश्वास प्रस्ताव कसरी पेश गर्ने भन्ने विषयमा छलफल गर्न गठित नौ सदस्यीय कार्यदलको बैठक बुधबार बेलुका बसेर छलफल गर्ने प्रदेशसभा सदस्य खड्काले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif