Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

धारामाथि पहिरो खस्दा पानी लिन गएकी महिलाको मृत्यु

d-body-1624088528.jpg

बझाङमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।

तलकोट गाउँपालिका-६ रजाडामा पहिरोमा पुरिएर ६० वर्षीया सुना दमाईको मृत्यु भएको हो।

शुक्रबार धारामा पानी भर्ने बेला माथिबाट जमिन भासिएर पहिरो जाँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

जिल्लामा शनिबार सेती नदीको बहाब बढेपछि माछा मार्न, दाउरा उतार्न लगायत जोखिम ठाउँ तथा पुलमा जान प्रशासनले रोक लगाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०