Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

देशभर फैलियो मनसुन, कुन-कुन नदी क्षेत्रमा जोखिम ?

r-1623649694.jpg

यस वर्षको मनसुन देशभर फैलिएसँगै तटीय क्षेत्रमा जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाढीले क्षति पुर्याउन सक्ने भएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा लेखिएअनुसार मंगलबार पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ र बबई नदीमा ठूलो बाढी आउने भएकाले उच्च जोखिमको सम्भावना छ ।

यस वर्ष जुन ११ तारिख अर्थात् जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन आइतबार साँझबाट देशभर फैलिइसकेको छ । यस वर्षको मनसुनमा अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले बाढी पहिरोबाट क्षति बढी हुन सक्ने आशंका विपदविज्ञहरुले गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०