Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दम्कीमा गाउँघर क्लिनिक उद्घाटन

IMG_20190529_080053-1559121635.jpg

थाहा नगरपालिका वडा नं ३ दम्कीमा गाउँघर क्लिनिकको उद्घाटन गरिएको छ । थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टको प्रमुख आतिथ्यता तथा क्लिनिक सञ्चालन समितिका अध्यक्ष कमल कुमार के.सीको सभाध्यक्षतामा बुधबार औपचारिक कार्यक्रम गरि क्लिनिक उद्घाटन गरिएको हो । क्लिनिकको उद्घाटन प्रमुख अतिथीबाट व्यानर खोलेर, प्राथमिक स्वास्थ्य केन्द्र पालुङका प्रमुख डाक्टर प्रविण पठकबाट कान्छी विष्टको स्वास्थ्य जाँच र प्राथमिक उपचार बाकसको हस्तान्तरण गरि गरिएको थियो ।

गाउँघर क्लिनिक मार्फत प्रेसर, घाउखटिरा, प्राथमिक स्वास्थ्य केन्द्र सम्म जान नसक्ने वृद्धहरुको स्वास्थ्य जाँच लगायतका सामान्य स्वास्थ्य सेवा प्रदान गरिने संचालन समितिका अध्यक्ष के. सीले बताए ।  डाक्टर वा सो सरहको एकजना र स्टाफको व्यवस्थापन हुनुपर्ने माग राख्दै उनले अहिले क्लिनिक महिनामा २ दिन खुल्ने सहमति भएको बताए  । उनले गाउँघर क्लिनिकको लागि ९९ प्रतिशत कुनै स्वार्थ नराखी सहयोग गर्ने र १ प्रतिशत आर्थिक सहयोज कतै बाट आए झन सहज हुने समेत बताए ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुरले स्वास्थ्य सामाग्री हस्तान्तरण गरि तत्काललाई कालिबञ्जार सामुदायिक बनको भवनमा व्यवस्थापन गरि क्लिनिक सञ्चालन गरिएको हो ।


प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रविण पाठकले गाउँघर क्लिनिक प्राथमिक केन्द्रमा जान नसक्ने अवस्थामा उपचार गर्नका लागि खुलेको र त्यसलाई शहरी स्वास्थ्य केन्द्रमा परिणत गर्न पहल भए राम्रो हुने बताए   उनले स्थनियबासीले ठूलै अपेक्षा गर्न नहुने तर स्वास्थ केन्द्रले गर्न सक्ने सम्पुर्ण सहयोग गर्न तत्पर भएको भएको बताए ।

वडा नं ३ का अध्यक्ष के.सीले गाउँघर क्लिनिकको लागि दिएको ३० हजार उपयोगी भएको बताए । उनले बाटाघाटा मात्र विकास नभएर शिक्षा स्वास्थ्यलाई पनि प्राथमिकतामा लानु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी विष्टले शहरी स्वास्थ्य केन्द्र स्थापना नगरको अत्यावश्यक र विकट ठाउँलाई प्राथमिकता दिएर गरिरहेकोले विकट ठाउँमा स्थापना भैसकेपछि  आवश्यकता अनुसार वडाहरुमा स्थापन गर्ने योजना रहेको बताए । उनले शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि जग्गा छनौट गरिराख्न स्थानियलाई अनुरोध गरेको छ । उनले ७०/३० को बजेट प्रणाली अन्तर्गत काम गर्न योजनाहरु नआएको प्रती दुखेसो गर्दै विकासका कामहरु गर्न योजना ल्याउन समेत अनुरोध गरे ।
कार्यक्रममा वडा नं ३  अध्यक्ष राजेश के.सी, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रविण पाठक, विष्णु विष्ट, अरुण रायमाझी, हरिकृष्ण कार्की,  व्यवस्थापन समितिका सचीव राजकुमार कुइँकेल लगायतको आतिथ्यता रहेको थियो ।

 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।