nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा १३३ कुकुरलाई रेविजविरुद्ध सुई

IMG_20220928_090146-1664380182.jpg

१६औँ विश्व रेविज दिवसको अवसरमा थाहा नगरपालिकाको पशु विकास शाखाको आयोजनामा थाहानगर भित्रका सामुदायिक/सडक र घरपालुवा गरी १३३ कुकुरहरुलाई रेविज विरुद्धको सुई लगाइएको छ। सुई लगाइएकामध्ये १०१ भाले र ३२ पोथी कुकुर रहेका छन् । 

नगरपालिकाका पशु विकास अधिकृत राघवेन्द्र मिश्रको नेतृत्व र स्थानीय स्काउट कार्यालयको सहभागितामा सचेतनामूलक ¥यालीसहित कुकुरहरुलाई रेविजविरुद्ध खोप दिइएको हो । थाहानगरको सीमभञ्ज्याङदेखि बज्रवाराहीसम्मको सडक आसपास दामन, सीमभन्ज्याङ, नयाँगाउँ, शिखरकोट, गोपालीगाउँ , थानाबजार, ओखरबजार,  कुलगाउँ, कुन्छाल र बज्रवाराही क्षेत्रका सामुदायिक तथा घरपालुवा १३३ कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइएको पशु स्वास्थ्य प्राविधिक रुपेशकुमार मिश्रले बताए ।

१६औँ विश्व रेविज दिवसको अवसरमा १२ असोज बिहान थाहा नगरपालिकाका उपमेयर भरत गोपाली ,प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने ,प्रशासन शाखा प्रमुख उमेश श्रेष्ठ ,पशु शाखा प्रमुख राघबेन्द्र मिश्र, स्थानीय स्काउट संयोजक गणेशमान श्रेष्ठ ,स्काउट ट्रुपका सदस्यहरुको उपस्थितिमा रेविज विरुद्धको सुई लगाउने कार्यक्रमको शुभारम्भ गरिएको थियो।

रेविजविरुद्धको कार्यक्रममा जनकल्याण स्काउट ट्रुपको सहभागितामा राघवेन्द्र मिश्र, रुपेशकुमार मिश्र, विकेश कार्की, श्रीराम गर्तौला, प्रकाश पाख्रिन, मनिषा कटुवाली मगर, नुतनकुमारी मिश्र  लगायतको सहभागिता रहेको थियो ।

रेविजविरुद्ध दिवसको अवसरमा सडक आसपासका कुकुराहरुलाई सुई लगाइएको र सबै वडा समेट्न नसकेको भए पनि वडा कार्यालयले आ–आफ्नो वडामा रेविजविरुद्धको खोप माग गरेमा नगरपालिकाको प्राबिधिकमार्फत् वडा कार्यालयमा व्यवस्था गर्न सकिने पशु शाखाका प्रमुख राघबेन्द्र मिश्रले बताएका छन् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)