Thursday, 2nd July, 2026
वि.स.

थाहामा शनिबारे बन्द खुलाइ आजबाट निश्चित समयको लागि सबै व्यवसायहरु सुचारु हुने

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा फाल्गुणको पहिलो शनिवारबाट सुरु गरिएको शनिबारे बन्द खुलाइ आजबाट निश्चित समयको लागि सबै प्रकारको व्यवसायहरु सुचारु हुने भएको छ । थाहानगर उद्योग वाणिज्य संघले नेपालीहरुको चाडपर्वलाई मध्यनजर गर्दै निश्चित समय सम्मका लागि शनिवार पनि व्यवसाय सूचारु हुने जनाएको छ ।
हरेक शनिबार थाहानगर भित्रका सेवा ब्यवसाय बाहेकका पसलहरु बन्द भए पनि मुख्यमुख्य चाडपर्वको बेलामा भने सबै किसिमका ब्यवसाय खोल्नका लागि संघले सुचना नै जारी गर्ने सहमती भए बमोजिम नै यो पटक सूचना जारी गरी बजार खुलाउन अनुरोध गरिएको संघका अध्यक्ष कविराज खत्रीले बताए । 
गत २०७४ साल माघ १३ गते सम्पन्न साधारणसभाबाट निर्णय पारित भएपछि फागुनदेखि प्रत्येक शनिबार एक दिन ब्यवसाय बन्द गरेर कर्मचारीले श्रम ऐन अन्तर्गतको सुबिधा पाउने, हप्ताको एक दिन ब्यवसायीहरुलाइ आराम हुने, मजदुरहरुलाई आराम दिनुपर्ने माग अनुरुप व्यवसायीहरुको हितका लागि वाणिज्य तर्फका व्यवसायहरु साताको एक दिन शनिवार बिदा गरिँदै आएको थियो । प्रत्येक शनिबार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म व्यवसाय बन्द गर्ने नियमानुसार शनिवारे बन्द हालसम्म भएको थियो । थाहा नगर उद्योग वाणिज्य संघका अनुसार अर्को सूचना जारी नभएसम्म बजार खुलाउन आग्रह गरिएको जनाइएको छ ।
शनिवारे बन्दमा होटल, औषधी पसल, मोटर ग्यारेज, वर्कशप जस्ता सेवा व्यवसाय मात्र खुल्न पाउने व्यवस्था छ भने यी व्यवसाय भन्दा बाहेकका सबै व्यवसायहरु शनिवार खोलीएमा संघले नियमित अनुगमन गर्ने, नमान्ने व्यावसायीलाई सम्झाउने, जरीवाना लगाउने, चेतावनी दिने  र सघंले दिने सेवा सुबिधाबाट नै बञ्चित गराउने सहितका कार्वाही गर्ने नियमानुसार शनिवारे बन्द कार्यान्वयनमा रहेको छ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।