nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा रुपचन्द्र विष्ट स्मृति कार्यक्रम : कसले के भने ?

newssssssssss-1624262311.jpg

थाहा आन्दोलनका प्रणेता स्व. रुपचन्द्र विष्टको २२ औं स्मृति दिवस ७ असारमा थाहा नगरपालिकाको शिखरकोटस्थित विकास घरमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

थाहा नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा स्व. विष्टको विकास घरको प्राङ्गणमा रहेको पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको थियो । 

कार्यक्रममा बोल्दै थाहा नगरपालिकाका प्रमुख विष्टले स्व.रुपचन्द्र विष्टको स्मरण गर्दै स्व. विष्ट समाजको लागि भगवानसरह रहेको बताए । रुपचन्द्र विष्ट व्यक्ति भन्दा बढी विचार भएको तर्क गर्दै उनले थाहा जगाउँने क्रममा विष्टले आफ्नो परिवारको समेत परवाह नगरेको बताए । 

त्यसैगरी थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले रुपचन्द्र विष्टले गरेको निष्पक्ष सक्रियतको अभ्यासमा अहिलेको पुस्ता लाग्न नसकेको गुनासो गरे । उपप्रमुख गोपालीले रुपचन्द्रले देखाएको बाटोमा हिँड्न सके सबैको कल्याण हुनेमा जोड दिए । 

कार्यक्रममा जनकल्याण उच्च माविका प्राचार्य सानोभाइ कार्कीले रुपचन्द्र विष्टले शिक्षा विकासको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । थाहा–३ का वडा अध्यक्ष राजेश केसी आफैमा बिहङ्गम उदाहरण भएको बताए । उनले आफै काम गरेर अरुलाई प्रेरणा दिने व्यक्तित्वको रुपमा विष्टको चित्रण गरे । 

त्यसैगरी, ज्योति रायमाझीले स्व. विष्टको जीवनीबाट सिकेर समाज विकासको लागि सबैले योगदान गर्नुपर्नेमा जोड दिए ।