Wednesday, 19th August, 2026
वि.स.

थाहामा एशियनको अभिकर्ता तालिम सम्पन्न

IMG_20180811_125213-1534138937.jpg

उत्तरी मकवानपुरको थाहामा एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले आफनो अभिकर्ताहरुलाई तालिम दिएको छ । नयाँ अभिकर्ता तथा कार्यरत अभिकर्ताको लागि तालिम प्रदान गरिएको हो । 
    तालिममा बीमा परिचय, महत्व, बीमा गर्ने तरिका लगाएत बीमा सम्बन्धि सामान्य जानकारी गराईएको थियो । साथै नेपालमा एशियनको स्थापना, हाल सञ्चालन भइरहेको योजना, पूजीगत संरचना, बीमा लेखा बोनस लगायतको बारेमा सहजिकरण गरिएको थियो । हेटौँडा शाखाका शाखा प्रबन्धक सञ्जय रेग्मीले सहजीकरण गरेको कार्यक्रममा ३० जना नया तथा कार्यरत अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
कम्पानीले आर्थिक वर्ष २०७४÷७५ मा नेपाल भरबाट सय करोड भन्दा बढी प्रिमियम संकलन गर्न सफल भएको र समग्रमा लक्ष्यको १ सय ८० प्रतिशत भन्दा बढी सफलता हासिल गर्न सकेको भन्दै हेटौँडा शाखाका शाखा प्रबन्धक सञ्जय रेग्मीले सबैमा शुखी साटासाट गरे । साथै उनले हेटौंडा शाखाले मात्रै १ सय ३८ प्रतिशत लक्ष्य हासिल गरेको र अव नयाँ तथा आकर्षक योजनाको साथ अघि बढ्ने बताए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif