nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा सामुहिक रुपमा फुलपाती भित्र्याइयो 

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ पालुङस्थित कोतघरमा बोकाको बलि दिएर सामुहिक रुपमा  २१ असोजमा फुलपाती भित्र्याइएको छ ।  २ वाम्हण, १, भुजेल, १,मगर, १ देउला र १ क्ष्ँेत्री र १ नापितसहित ६ वटा जातीको सामुहिक उपस्थितीमा पालुङको कोतघरमा जमरा राखको सातौ दिन उक्त कोतघरमा फुलपाती भित्र्यायएको हो. । जमरा राख्दा विहानदेखि व्रँम्हणहरुले पाठ पुजा  गरेका थिए भने भुजेलले भार बोकेका थिए भने मगरले अदुवाको बोट ल्याएका थिए । क्ष्ँेत्री खड्ग बोकेर कोतघरमा पाले बसेका थिए । देउलाले कोतघरको सरसफाई गरेका थिए ।
पालुङको नेवार वस्तीको माझमा रहेको कोतघरमा बोकाको बलिदिएको थियो । बोका टाउको कोतघरमा नै राखिएको छ भने फिला वाहुनलाई, करङ देउलालाई र भुडी भुजेललाई दिने चलन छ । घटनास्थापना भरी विहान र वेलुका व्रँम्हणले पुजापाठ गर्ने छन भने फुलपातीको दिनदेखि खड्ग बोकेर क्ष्ँेत्रीले पाले पहरा दिने गर्छन । फुलापाती पनि बाजागाजासहित कोतघरमा भित्र्याइएको छ । 


‘कोतघरमा सामुहिक रुपमा जमरा राखेर घटनास्थापनाका दिन नै  बोकाको वलिदिने चलन परम्परादेखि चल्दै आएको छ’ स्थानीयवासी शम्भु नापितले भने, ‘सदियौदेखि चल्दै अँएको परम्परालाई निरन्तरता दिइरहेका छौ ।’ करिब ४  सय वर्षदेखि कोतघरमा यसरी जमरा राख्ने चलन चल्दै आएको स्थानीय वुढापाकाहरुले बताए । विजयादशमीका दिन कोतघरको जमरा मिसाएरमात्र अधिकांशले टिका लगाउने गर्छन । वाम्हणको हातवाट टिका लगाउन कोतघरमा नै आउने चलन पनि छ । कोतघरमा सामुहिक रुपमा विभिन्न समुदायको उपस्थितीमा जमरा राख्ने चलन यस क्ष्ँेत्रको अन्य भागमा छैन ।