Wednesday, 19th August, 2026
वि.स.

तेस्रो थाहा महोत्सव ८ कात्तिकदेखि

38821317_2115968135326572-1533885319.jpg

थाहा नगर उद्योग वाणिज्य संघले तेस्रो थाहा महोत्सव आगामी ८ कार्तिकदेखि आयोजना गर्ने भएको छ । उक्त महोत्सवको तयारी शुरु भइसकेको आयोजक संस्थाका अध्यक्ष कविराज खत्रीले बताए । थाहा नगर उद्योग वाणिज्य संघका महासचिब सुरेन्द्रमान प्रधानका अनुसार स्टल बुकिङ शुरु भइसकेको छ । अग्रिम रकम जम्मा गर्नेलाई छुटको व्यवस्था भएकाले अग्रिम रकम जम्मा गर्दै बुकिङ गर्नेहरुको संख्या बढ्दै गएको उनले बताए । दोस्रो थाहा महोत्सवमा ३ सय ५० स्टल रहेकोमा यस वर्ष १ सय स्टल घटाएर  २ सय ५० मात्र राखिने उनले बताए । प्रथम थाहा महोत्सव २०७१ सालमा संचालन भएको थियो भने दोस्रो थाहा महोत्सव २०७३ सालमा आयोजना गरिएको थियो ।
    यस वर्षको थाहा महोत्सवमा विगतका महोत्सवमा जस्तै कृषि पदर्शनी, शैक्षिक तथा पर्यटकीय प्रवर्धन सामाग्रीहरुको प्रदर्शनी, बैंक तथा वित्तीय संस्थाहरुको कक्ष, बहुराष्टिूय कम्पनीहरुको स्टल, अटो मोबाइल्स, आइटी तथा इलेक्टूोनिक्स, गार्मेन्ट, कस्मेटिक, जुत्ताचप्पल, निर्माण सामग्री, हस्तकला, होटल, फास्टफुड लगायतको स्टल रहने आयोजकले बताएको छ । 
    निःशुल्क स्वास्थ्य शिविरको लागि पनि पहल भइरहेको महासचिब प्रधानले बताए । महासचिब प्रधानको भनाइमा यस वर्षको महोत्सवमा उँट र अष्टिूज हेर्न पाइने छ । ‘उँट र अष्टिूजलाई नचाइने छ, जसबाट दर्शकहरुले बेग्लै मनोरन्जन लिन सक्नेछन्’ उनले भने । तर अघिल्ला महोत्सवमा जस्तो तालमा डुङ्गा सयर गर्ने र हेलीकप्टर चढेर अवलोकन गर्ने व्यवस्था भने यसपटक हुने छैन । आयोजकको भनाइ छ, ‘ताल जमाउँदा जोखिम देखियो, हेलीकप्टर धान्नै सकिएन ।’     त्यसो त यस वर्ष अघिल्लो महोत्सवमा जस्तो थाहा आइडल हुने छैन । कलाकारहरु भने टन्नै बोलाइनेछ । विहीबारसम्म दुई दर्जनभन्दा बढी चर्चित कलाकारहरु आउने पक्का भइसकेको महासचिब प्रधानले बताए । तेस्रो महोत्सवमा ‘मन विनाको धन ठूलो कि, धन विनाको मन?’ का गायक अशोक दर्जी पनि आउने छन् । हालसम्म पक्का पक्की भएका कलाकारहरुमा बद्रि पंगेनी, हेमन्त शर्मा, प्रमोद खरेल, पशुपति शर्मा, रमेशराज भट्टराई, प्रकाश सपुत, कमल खत्री, रामजी खाँड, प्रिती आले, भूमिका गिरी, साहिमा श्रेष्ठ, टंक बुढाथोकी, दिनेश काफ्ले, मिलन लामा लगायत छन् । त्यस्तै हास्य कलाकारहरु बल्छी ध्रुवे, राजु मास्टर, जादुगर बलराम सरकार लगायत आउने पक्कापक्की भएको बताइएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif