nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चौंथो थाहा महोत्सवको उद्घाटन आज, मुख्यमन्त्रीसहित मन्त्री र सांसदहरु थाहानगर आउँदै, प्याराग्लाइडिङबाट पुष्पवृष्टि गरिने

adadadadad-1701311650.jpg

मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरमा १२ दिनसम्म सञ्चालन हुन लागेको कृषि पर्यटन व्यापार मेला–चौंथो थाहा महोत्सवको आज १४ मंसिरमा औपचारिक उद्घाटन हुँदैछ । महोत्सव स्थल इन्द्रायणीचौरमा एक भव्य समारोहबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चौंथो थाहा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्मलाल श्रेठले जानकारी दिए । 

उद्घाटन समारोहमा राष्ट्रिय सभा सदस्यहरु कृष्णप्रसाद पौडेल, गोमादेवी तिमल्सिना, रामचन्द्र राई, प्रतिनिधि सभा सदस्यहरु महेशकुमार बर्तौला, दिपक सिंह, बिन्दवासिनी कंसाकार, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, कृषि तथा पशुपंक्षी विकासु मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ,  प्रेमबहादुर पुलामी छिन्तु, भारती पाठक, इन्द्रबहादुर बानियाँ, लक्ष्मीदेवी श्रेष्ठ लगायत आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

उद्घाटन कार्यक्रममा प्याराग्लाइडिङबाट पुष्पवृष्टि गर्ने कार्यक्रम रहेको मूल आयोजक समारोह समितिका अध्यक्ष पुरुषोत्तम ढकालले जानकारी दिए । 

महोत्सवको अन्तिम तयारीसँगै उद्घाटनका लागि अहिले महोत्सव स्थल विशेष सिंगारिएको छ । उद्घाटनअघि अहिले केहीबेरमा थाहानगरको ओखरबजारबाट विशेष झाँकी र बाजागाजासहित विशाल शोभायात्रा गरिने कार्यक्रम छ । शोभायात्रामा  परम्परागत साँस्कृतिक झाँकीहरुसहित थाहा खैजडी भजन, महिला पन्चेबाजा,महिला खैजडी भजन, तामाङ ढ्यांग्रो नाच, महिला समूहहरु, स्थानीय स्काउट लगायतको सहभागिता  रहने छ ।

महोत्सवको उद्घाटनसँगै कृषि, पर्यटन र व्यापार मेला आजैबाट शुरु हुने आयोजकले जनाएको छ । मेलामा व्यापार तथा प्रदर्शनीका लागि तयारी भइसकेको छ । मेला २५ मंसिरसम्म सञ्चालन हुनेछ । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)