Wednesday, 17th December, 2025
वि.स.
Sram-Suchana-1754301370.jpg

चन्द्रागिरि केवलकार २२ गतेबाट चल्ने

chandragiri-cable-car1659-1762412559.jpg

चन्द्रागिरि केवलकार आगामी शनिबार ( कात्तिक २२ गते ) बाट पुनः सञ्चालनमा आउने भएको छ।

चन्द्रागिरि हिल्स प्रालिले एक सूचना जारी गर्दै क्षतिग्रस्त संरचना मर्मत–सम्भार सम्पन्न भएपछि सेवा पुनः सुरु हुने जानकारी दिएको हो।

भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा केवलकारमा क्षति पुगेपछि कम्पनीले सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरेको थियो ।

सो समयमा केवलकारको तल्लो स्टेशन र ट्रान्सफर्मरदेखि केवलकारको सर्भरसम्म पुग्ने वाइरिङमा क्षति पुगेको थियो ।

दसैंअघि नै केवलकारमा भएको क्षतिबारे अष्ट्रियन कम्पनीले अध्ययन गरेको थियो। सोही कम्पनीले मर्मत-सम्भार सम्पन्न गरेसँगै अब चन्द्रागिरि केवलकार शनिबारदेखि नियमित चल्ने भएको छ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०