nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेस प्रवासी संगठन जापानको चियापान सकियो 

Japan-1476596937.jpg

नेपाली काग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिती जापानले जापानको सिनओकुबामा चियापान कार्यक्रम गरेको छ । 
जनसम्पर्क समितीका सभापती डिपी कँडेलको सभापतीत्तीत्व युवा नेता देबराज चालीसेको प्रमुख आतीथ्यतामा कार्यक्रम भएको हो । चियापानमा नेपाल निजामती कर्मचारी युनीयनका अध्यक्ष तथा नेपाल सरकार आधीकारीक ट्रेड युनीयन केन्द्रीय कार्यसमितीका महासचिव सुबोध कुमार देबकोटा र नेपाली कांग्रेस महासमिती सदस्य तथा युवा नेता जयराम लामिछानेको विशिष्ट आतिथ्य रहेको थियो । नेपालबाट विश्वभरीका प्रजातान्त्रिक कर्मचारीहरुको भेलामा सहभागी हुन जापानको फुकुवकामा उपस्थीत भएका ट्रेड युनीयन कांग्रेस संबद्ध कर्मचारीहरुलाई टोकीयो स्थित सिनओकुबो सोलमारी हलमा जनसम्पर्क समिती जापा ले स्वागत र चियापान तथा भेटघाट सम्पन्न गरेको हो। 
कार्यक्रममा महासमिती सदस्य चिरन्जीबी थापा, महाधिवेशन प्रतिनीधि तथा तथा नेपाल सार्वजनिक सेवा कर्मचारी राष्ट्रिय समितीका अध्यक्ष जनाद्र्धन भट्टराई, महाधिवेसन प्रतिनीधी तथा नेपाल कर्मचारी युनीयनकी केन्द्रीय सदस्य मञ्जु शर्मा चालीसे, महाधिवेशन प्रतिनीधि राजेन्द्र प्रसाद जमरकट्टेल, नेपाली राजदुताबास जापानका प्रतीनिधी रेबन्त केसी, नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रीय अध्यक्ष, रामजी घिमीरे, महासचीब मेघराज खड्का, बागमती क्षेत्रीय अध्यक्ष, नारायण आचार्य, सार्वजनीक कर्मचारी संघ राष्ट्रिय उपाध्यक्ष सुसीलदत्त मिश्र, नेपाल चलचित्र श्रमिक संघका केन्द्रिय महासचिव चिरन्जीबी गुरागाई, आरोग्य हस्पिटल गल्कोट बाग्लुङ प्रमुख डा.टंक चालीसे, जनसम्पर्क समिती जापान कान्तो क्षेत्रीय सभापती यदुराम सापकोटा बुद्धिजीवी डा.गणेश नेपाल, एनआरएन आईसीसी सदस्य तथा जनसम्पर्क समिती जापानका सल्लाहाकार पारसमणी पोखरेल तमुधी जापानका महासचीव अमर गुरुङ लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रमको सञ्चालन जनसम्पर्क समिती जापानका महामन्त्री रामजँग कार्कीले गरेका थिए। कार्यक्रममा जापान कान्तो क्षेत्र र बाहीरका गरी  काँग्रेस शुभेच्छुकहरुको उल्लेख्य सहभागीता रहेको जनसम्पर्क समिती जापानका प्रवक्ता सुरेश गिरीले जानकारी दिए ।