Wednesday, 26th August, 2026
वि.स.

कर्मचारीमा संक्रमण भएपछि थाहा नगरपालिकाको सेवा स्थगित

मकवानपुर थाहा नगरपालिकाका कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएपछि तीनदिन सेवा प्रवाह स्थगित गरिएको छ । नगरपालिकामा कार्यरत् ३ कर्मचारी र एक कृषि ओ.जे.टी. गर्दै गरेकी विद्यार्थीमा संक्रमण भएपछि पालिकाले सेवा स्थगित गरेको हो । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालय थाहा नगरपालिकाको १५ वैशाखमा बसेको बैठकले वैशाख १६ देखि १९ गतेसम्म अत्तिआवश्यक बाहेक सेवा प्रवाह स्थगित गर्ने निर्णय गरेको हो ।  

सेवा प्रवाह स्थगित भएको थाहा नगरपालिकाले सूचना प्रकाशित गरी जानकारी गराएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif