Tuesday, 18th August, 2026
वि.स.

कन्टेनर र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

accident-new-1615793959.jpg

ललितपुरको नख्खुदोबाटोमा आइतबार राति साढे नौ बजे कन्टेनर र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

एकान्तकुनाबाट ग्वार्कोतर्फ जाँदै गरेको ना२ख ७५८३ नम्बरको कन्टेनर र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२ ०१८ प ८३६९ नम्बरको मोटरसाइकल राति साढे नौ बजे आपसमा ठोक्किएका थिए ।

मृत्यु हुनेमा कास्कीका ३७ वर्षीय गणेश प्रसाद अधिकारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको नर्भिक अस्पतालमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार ललितपुर बस्ने ३२ वर्षीय रवि श्रेष्ठ घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको र सोही अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

दुवै सवारी साधनसहित कन्टेनर चालकलाई महानगरीय प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif