Saturday, 7th March, 2026
वि.स.

एमडीआई–नेपाललाई दश हजार पाउण्डको प्रोत्साहन पुरस्कार

मकवानपुरको कृषि वन व्यवस्थापन तथा वातावरणको क्षेत्रमा काम गरेको भन्दै मनहरी विकास संस्था नेपाल (एमडीआई नेपाल) युके एडले प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । 
राजधानी काठमाडौँमा भएको कार्यक्रममा जलबायु परिवर्तनको क्षेत्रमा काम गरेका ५९ वटा संस्थाहरुले प्रतिस्पर्धा गरेकामध्ये छानिएका १५ वटामा एमडीआई नेपाल पनि परेको हो । पुरस्कारको राशि १० हजार पाउण्ड अर्थात नेपाली रकम १३ लाख ६३ हजार रुपियाँ रहेको छ । 
युके एडको आइडियाज टू इम्प्याक्ट कार्यक्रममार्फत प्राप्त पुरस्कार नेपाल सरकारका जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले एमडीआईका कार्यकारी अध्यक्ष खोपनारायण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । 
मकवानपुरमा डेढदशकदेखि एमडीआई नेपाल कृषि वनमार्फत वन संरक्षण तथा आयमूलक बिरुवा रोपेर बिपन्न समुदायको आयस्तर बृद्धिका लागि क्रियाशील छ । जिल्लाका उत्तर पश्चिम क्षेत्रका गाविसहरुमा चेपाङ÷तामाङ समुदायलाई लक्षित गरी एमडीआईले काम गर्दै आइरहेको छ । यसअघि पनि एमडीआईले १ लाख डलरको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ । पुरस्कार प्राप्त भएपछि मिहेनतको फल आएको भन्दै कार्यकारी अध्यक्ष श्रेष्ठले खुसी व्यक्त गरे । 
 



https://www.thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com