Monday, 17th August, 2026
वि.स.

आज पालुङकाे दशैँघरमा बाजागाजासहित फूलपाती भित्र्याइँदै

थाहानगरस्थित पालुङ सहरको ऐतिहासिक दशै घरमा आज यस वर्षको फूलपाती भित्र्याइँदै छ । आग्राबाट फूलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा फूलपाती भित्र्याउने परम्परा छ ।

परम्परा अनुसार आग्राको चल्तीबाट अर्याल थरका पुजारीले पालुङको मत्स्यनारायणसम्म बेलपत्र सहितको फलपाती ल्याउँछन् । त्यहाँबाट स्थानीय मगर कर्ताहरुले पालुङको फूलपाती चौरसम्म बाजागाजासहित ल्याउने परम्परा छ । डोलीमा राखेर हर्षोल्लासका साथ ल्याइने फूलपातीले थाहानगरमा दशैं आएको संकेत गर्दछ ।

फूलपाती चौरमा ल्याइएको फूलपातीलाई पूजाविधि अनुसार शुभ साइतमा बली दिने चलन छ । यस अवसरमा नगरप्रमुखकाे उपस्थितिमा ताेप पड्काएर हर्षबढाइ गरिन्छ । त्यसपछि पालुङको दशै घरमा फूलपाती भित्र्याउने चलन छ । साे अवसरमा दशैमा घर फर्केकाहरुकाे विशेष जमघट हुने गर्दछ ।

पालुङस्थित दशै घरमा फूलपाती भित्र्याएपछि स्थानीयहरुले घरघरमा फूलपाती लगेर घर–घरमा लगि भित्र्याउने परम्परा छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif