Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

१ सय ३२ किलो चरेस, तीनजना हेटौंडामा पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ९४ किलो लागू औषध सहित तीन जनालाई पक्राउ गरेको छ । वरामद गरिएको लागू औषधमा १ सय ३२ किलो चरेस र  ६२ किलो गाँजा रहेको छ पक्राउ पर्नेमा भारत मोतीहारीका ३० वर्षका मेराज साह र २६ वर्षका मिथलेश सहनी छन । 

प्रहरीले हेटौंडा उपमहानगरपालिका–१७ रातोमाटेबाट भारत निकासी गर्ने क्रममा बिआर २९ बि ७१४१ नम्बरको जीप समेत प्रहरीले वरामद गरेको छ । 

यसैगरी धादिङबाट भारत तर्फ निकासी गर्न लागिएको ६२ किलो गाँजासहित अर्का एक जनालाई प्रहरीले रातोमाटेबाटै पक्राउ गरेको छ । बिआर ०७ जी ५३४० नम्बरको भारतीय नम्बर प्लेटको ट्रकमा राखेर निकासी गर्न लागिएको गाँजासहित भारत मोतीहारी सुगौली– १० का २८ वर्षीय मनोज कुमार यादबलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।