Wednesday, 19th August, 2026
वि.स.

होटेल तथा रेस्टुरेन्टलाई लकडाउन अवधिको विद्युत ‘डिमान्ड शुल्क’ मिनाहा

सरकारले कोरोना भाइरस (कोभिड-१९)बाट अतिप्रभावितको सूचीमा रहेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत ‘डिमान्ड शुल्क’मा छुट दिने निर्णय गरेको छ ।

होटेल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित रुपमा नवीकरण भएका र कर विवरण पेस गरेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सरकारले लकडाउन घोषणा गरेको अवधि २०७६ चैत ९ देखि २०७७ भदौ मसान्तसम्मको शतप्रतिशत डिमान्ड शुल्क छुट दिने निर्णय सरकारले गरेको हो ।

२०७७ असोज १ गतेदेखि २०७७ माघ मसान्तसम्मको डिमान्ड शुल्कमा भने ५० प्रतिशतले छुट दिने निर्णय सरकारले गरेको हो ।

होटेल व्यवसायका लागि कोभिडको असर न्यूनिकरणमा सरकारले महत्वपूर्ण निर्णय गरेको उनले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif