nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

लागु औषध सर्तकता कार्यक्रम सम्पन्न

Photo-1474793926.jpg

सकारात्मक परिवर्तनका लागि युवा मकवानपुरकाद्धारा अनाथ, अपाङ्घ तथा बाल पुनस्र्थापना केन्द्र मकवानपुरलाई लागु औषध सर्तकता र प्रोत्साहन दिने कार्यक्रमका साथै पढ्ने लेख्ने सामग्री बितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

कार्यक्रम बसामाडी जेसिजका संस्थापक अध्यक्ष ज्ञानकुमार प्रजापतीको प्रमुख आतिथ्यतामा भएको थियो । २६ जना अनाथ बालबालिकाहरुलाई लागुपदार्थ सम्बन्धी जानकारी दिएको सकारात्मक परिवर्तनका लागि युवा मकवानपुरका अध्यक्ष नेल्शन घलानले जानकारी दिए । उक्त कार्यक्रम मार्फत क्यारेम बोर्ड १ थान, चेस बोर्ड २ थान, ब्याडमिन्टन २ थान, रहस्यमय खेल सामग्री ४ थान, कलम १८ प्याकेट, फुटवल १ थान, कपी ३३ दर्जन, लुडो २ थान, रङ ६ प्याकेट बितरण गरेको घलानले जनाए ।

कार्यक्रममा मकवानपुर रिकभरी केन्द्रका सञ्चालक सन्दिप शाख्य, रोशनी पुस्तकालयका संगित श्रेष्ठ, समाजसेवी सुजन मल्ल, अपाङ्घ तथा पुनस्र्थापना केन्द्रका रामहरी कोइरालाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg