Monday, 17th August, 2026
वि.स.

मकवानपुर १० नम्बर इलाका स्तरीय योजना तर्जुमा सकियो

जिल्ला विकास समिति मकवानपुरको आयोजनामा १० नम्बर इलाकास्तरीय योजना तर्जुमा गोष्ठी टिष्टुङ लगाविसमा सम्पन्न भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीको प्रमुख आतिथ्यमा भएको तर्जुमा गोष्ठीमा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियार र टिष्टुङ गाविस सचिव राजेन्द्र प्रसाद चौलागाईले जिल्ला परिषदमा पेश गर्ने योजनाहरु प्रस्तुत गरेका थिए । 

इलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा मकवानपुरका स्थानीय विकास अधिकारी नारायण प्रसाद मैनाली, नेपाली काँग्रेस मकवानपुरका नेता माइकल रामचन्द्र अर्याल, जिल्ला विकास समिति मकवानपुरका योजना तथा प्रशासकीय अधिकृत किसन न्यौपाने, पञ्जिकाधिकारी दिपक मिश्र तथा टिष्टुङ गाविस र थाहा नगरपालिकाका राजनीतिक दलका प्रमुखहरुकोआतिथ्य रहेको थियो । 

कार्यक्रममा स्थानीय संघसंस्थाका पदाअधिकारी, जिल्ला स्थित विषयगत कार्यालयका प्रतिनीधी र स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif