Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा मालपोत र नापी कार्यालयको सेवा शुरु

मकवानपुरको उत्तरी क्षेत्र स्थित थाहानगरमा मालपोत र नापी कार्यालयको उद्घाटन भएको छ । दुई कार्यालयको रिबन काटेर र ब्यानर अनावरण गरेर भूमी सुधार तथा व्यवस्थापन विभागका महानिर्देशक टिकाराम घिमिरेले उद्घाटन गरेका हुन् । महानिर्देशक घिमिरेले नयाँ अनलाइन प्रविधिमा आधारित भएर मालपोत कार्यालय शिखरकोटको शुरुवात भएको बताएकाछन् । देशभर विस्तार हुँदै गरेको प्रविधिमैत्री सेवा शिखरकोट मालपोतमा पनि शुरुवात भएको उल्लेख गरे । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ मा १९ फागुनमा मालपोत कार्यालय शिखरकोट र नापी कार्यालय शिखरकोटको उद्घाटन गर्न पुगेका महानिर्देशक घिमिरेले यस्तो बताएका हुन् । त्रिभुवन राजपथको दायाँबायाँ २५ मीटर क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका सवालमा घिमिरेले सडक विभाग वा मातहतका कार्यालयबाट निर्देशन आए मात्र लगत कट्टा गर्ने हो मालपोत आफैले त्यो काम नगर्ने बताए । उनले भने–‘हामी त्यस्तो नीति बनाउँदैनौ निर्देशन आए मात्र कार्यान्वयन गर्छौ ।’

कार्यालय उद्घाटन कार्यक्रममा भूमी सुधार तथा व्यवसथापन विभागका सूचना प्रविधि निर्देशक रामदत्त भट्टले प्रविधिका माध्यमबाट अब केन्द्रबाटै अनुगमन निरीक्षण हुने भएकोले नागरिकले सहजै सुविधा पाउन सक्ने बताए । नेपाल सरकारले ल्याएको नयाँ प्रविधिले जग्गाधनीलाई कारोबार गर्न सहज भएको उल्लेख गरे । उनले यस्तो अनलाईन प्रविधिबाट यस चालु आर्थिक वर्षमा २६ कार्यालयलाई ल्याइने र आगामि आर्थिक वर्ष थप ३० वटा कार्यालयमा शुरुवात गरिने जानकारी दिए । राजनीतिकदलहरुको तर्फबाट नेकपा एमाले थाहानगर कमिटि सचिव सुरेन्द्रमान प्रधानले मालपोत कार्यालयलाई नागरिकले फरक ढंगले चिन्ने गरेकोले दुःख नपाउने गरी काम गर्न शुभकामना दिए । कार्यलयहरुले प्रक्रियागत ढंगबाट काम गरे सबैको सहयोग पाउने बताए । कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका संचालक तथा पालुङ बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष बिमलकुमार ढकाल, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा मालपोत कार्यालय हेटौंडाका प्रमुख मुक्ति नारायण भण्डारी, नापी कार्यालय हेटौंडाका प्रमुख गिरीश कुमार लाल कर्ण, मालपोत कार्यालय हेटौंडाका मालपोत अधिकृत सुबोध खनाल, काँग्रस थाहानगरका अध्यक्ष योगेन्द्रमान श्रेष्ठ, नेकपा माओवादी केन्द्रका थाहानगर इन्चार्ज विष्णु विष्ट, राप्रपा थाहानगर अध्यक्ष हरेराम कार्की, राष्ट्रिय जनमोर्चा मकवानपुर अध्यक्ष लक्ष्मण विष्ट, थाहानगरपालिकाका प्रशासन शाखा प्रमुख अनिल लामिछाने, केन्द्रीय कृषि सहकारी संघका लेखा संयोजक महेश्वर सुवेदीलगायतकाको आतिथ्य रहेको थियो । कार्यक्रमका सहभागीहरुलाई नापी कार्यालय शिखरकोटका कार्यालय प्रमुख तथा नापी अधिकृत त्रिलोचन निरौलाले स्वागत गरेका थिए । कार्यक्रम मालपोत कार्यालय शिखरकोटका प्रमुख सूर्यप्रसाद कोइरालाको सभाध्यक्षतामा सम्पन्न भएको थियो । 


 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)