Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पहिलोपटक दलित जन्मदर्ता अनुदान थाहामा दिइयो

Dalit-Vatta-1480134094.jpg

मकवानपुर थाहा नगरपालिकाले जन्मेको ३५ दिन भित्रमा जन्मदर्ता गर्ने दलित बालबालिकालाई जिल्लामै पहिलो पटक एक हजार रुपियाँ अनुदान वितरण गरेको छ ।  

थाहा नगरपालिकाले एक कार्यक्रमकाबीच थाहा नगरपालिका वडा नम्बर ८ का दिनेश तथा लक्ष्मी सुनारले आफ्नो छोरा दिपराज सुनारको समयमै जन्म दर्ता गरेकाले थाहाका कार्यकारी अधिकृत भिम परियारले मंसीर १० अनुदान वितरण गरेका हुन् । 

नेपाल सरकारले २०७३ श्रावण २१ गते देशभरिका दलित समुदायलाई हरेक बालबालिकाको जन्मदर्ता गर्दा अभिभावकलाई एक हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको २१ साउनमा बसेको बैठकले दलित समुदायलाई जन्मदर्तामा प्रोत्साहित गर्न त्यस्तो अनुदान दिने निर्णय गरेको हो ।

देशभर हाल जति बच्चा जन्मन्छन्, त्यसको ५८ प्रतिशत हाराहारीको मात्र जन्मदर्ता हुने गरेको बताइएको छ । सरकारले दलित समुदायका ५ वर्षसम्मका बालबालिकालाई जनही प्रतिमहिना चारसय रुपैयाँ बालसंरक्षण अनुदान दिने गरेको छ । एक परिवारका २ जना बच्चासम्मका लागि बाल संरक्षण अनुदान दिने गरिएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०