Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मंसिर १ बाट जेसिज सप्ताह शुरु

पालुङ जेसिजले मंसिर १ गतेबाट जेसिज सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । “शासन व्यक्तिको होइन, विधिको हुनुपछ” भन्ने मुल नाराको साथ आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम १ गते देखि ४ गते सम्म हुनेछ ।

एक भेलाको आयोजना गरि पालुङ जेसिजले यस्तो निर्णय गरेको वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिनु भयो । जेसिजका अध्यक्ष शिवकुमार खत्रीलको अध्यक्षतामा भएको भेलाले जेसिज सप्ताह मर्या्दित बनाउन कार्य बिभाजन पनि गरेको छ । सप्ताहव्यापी कार्यक्रमको मुल कार्यक्रम संयोजक विक्रम केसि रहनु भएको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्र्तगत मंसिर १ गते उद्घाटन र हाजिरीजवाफ प्रतियोगिता, मंसिर २ गते प्राथमिक उपचार तालिम तथा जेसिज र कार्यालय प्रमुख विच भलिबल प्रतियोगिता, मंसिर ३ गते ट्राफिक जनचेतामुलक कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक विक्रम केसिले जानकारी दिनु भयो ।
 त्यस्तै एकल गायन तथा एकल नृत्य प्रतियोगिता र मंसिर ४ गते तालिम तथा समापन समारोह रहेको वर्ष २०१६ का सञ्चार संयोजक रुपक कालिराजले जानकारी दिनु भयो ।