Tuesday, 18th August, 2026
वि.स.

भूकम्पपीडितलाई थप एक लाख अनुदान, ६५ वर्षमै वृद्धभत्ता पाइने

सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो ।

‘सरकारले भूकम्प पीडित र बाढी पीडितलार्इ अहिले दिएको रातहमा एक लाख रुपैयाँ थप गरिदिने निर्णय गरेको छ । अनुदान पाउने समय सकिएको अवस्थामा बढाउने निर्णय गरेको छ’ सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

सरकारले यसअघि भूकम्प पीडितलाई अनुदानस्वरुप ३ लाख रुपैयाँ दिँदै आएकामा थप एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने निर्णय गरेको हो ।

बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने निर्णय गरेको छ । यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए ।

त्यसैगरी सरकारले ४ जना महासेनानीलाई बढुवा गर्ने समेत निर्णय गरेको छ ।

अनलाइनखबरबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif