nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

बेचबिखन विरुद्धमा गाउँका महिला सक्रिय

मकवानपुरका ग्रामिण क्षेत्रका महिलाहरु मानव बेचविखन विरुद्ध सक्रिय भएकाछन् । गाउँमा कोही नयाँ मान्छे आएको देखियो वा कोही किशोरी तथा महिला जागिरकै लागि गाउँ छोड्दै छन् भन्ने थाहा पाउने वित्तिकै उनीहरु सुझबुझ गर्न थाल्छन् । मकवानपुर टिष्टुङकी सुनिता दोेङ त झन गाउँको अभियान्ता नै भएर काम गरिरहेकी छिन् । बेचविखन विरुद्ध त उनी सक्रिय छिन् नै महिलामाथि हुने कुनै पनि हिँसा तथा तथा झैझगडाको मिलाउन र कानून विपरित काम भए त्यसलाई कार्बाहीको दायरामा ल्याउन पनि उनी अघि   सर्छिन् । 

उनले महिलाहरुकै पहलमा गाउँमा नजिककै साइनो लगाएर विवाह गर्नेहरुलाई पनि कानूनको दायरामा ल्याउन सफल भएको बताइन् । गाउँमै आफ्नै श्रमिति बेचेका टिष्टुङ एक पुरुषलाई समेत कानुनी दायरामा ल्याउनु नै महिला समूहको ठूलो उपलब्धी भएको सुनाइन् । उनले भनिन्–‘श्रमितिको हत्या गरेर टिष्टुङ ल्याएर जलाउन प्रयास गर्ने डिआइजी रञ्जन कोइरालालाई पक्राउ गर्न हामी नै सफल भयौं।’ यहि कारणले आफूलाई नेपाल प्रहरीले एवार्ड दिएको पनि उनले सुनाइन् । अहिले गाविस स्तरमा गठन भएको मानव बेचविखन तथा ओसारपसार विरुद्धको गाउँ समितिले पनि बेचविखन विरुद्धको काम गरिरहेको उनले बताइन् । आफू पनि समितिमा आवद्ध भएर गाउँमा हुने महिला र बालबालिका सम्बन्धी सवालका सम्बन्धमा काम गरिरहेको बताइन् । गाउँमा चार वर्षे बालिकामाथि बलत्कार गर्नेलाई समेत आफुहरुकै संजालको सहयोगमा पक्राउ गर्न सफल भएको उनले सुनाइन् । अरुका माझ धक नमानीकन बोल्ने सुनिताले भनिन्–‘बलत्कारी अहिले जेलमा छ ।’ 

टिष्टुङमा यतिका धेरै काम गर्नका लागि सुनिताका एक्लै सफल भएकी भने होइनन् । उनको साथमा टिष्टुङकै मिना गुरुङ, मिना स्याङ्तान र उनका श्रीमान् सुर्यबहादुर दोङको ठूलो मद्दत रहेको छ । घरको काम भ्याएर समुदायमा काम गर्नका लागि उनका साथीहरुले सहयोग गरिरहेका छन भने घरबाट श्रीमान् दोङले उनलाई कुनै बन्देज लाउँदैनन् । बरु सहयोग गर्छन्, बैठक तथा भेला भएको ठाउँसम्म पुग्नको लागि मोटरसाइकलमै पु¥याइदिन्छन्–उनले भनिन् । गाउँका धेरै केशहरु व्यवस्थापन गर्नका लागि श्रीमान्बाट ठुलो सहयोग मिलेको सुनिता बताउँछिन् । अहिले श्रीमान वैदेशिक रोजगारमा रहेको उनले सुनाइन् । उनको माइती हेटौंडा चुरियामाई हो । बेचबिखनको हिसाबले निकै चर्चामा रहेको मकवानपुरलाई बेचविखन मुक्त बनाउनको लागि सँधै प्रयत्नरत रहने उनले बताइन् । विवाह गरेर टिष्टुङमा आएपछि यो अभियानलाई थप अग्रता दिएको उनको भनाइ छ । 

त्यस्तै, मानव बेचविखन असुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जाँदा पनि हुन सक्ने मकवानपुर भिमफेदीकी चित्रा रेग्मीलाई राम्रोसंग थाहा छ । आफ्नो समूह र आवद्ध भएको संजालमा मानव बेचविखनबाट जोगाउने विषयमा छलफल गर्ने गरेको उनले सुनाइन् । आफ्ुहरुको समूहले बेचविखनलाई रोक्नका लागि  व्यक्तिगत तथा पारिवारीक भेटघाटमा मात्र हैन समुदायमा पनि विभिन्न कार्यक्रम गर्ने गरेको अनुभव सुनाइन् । उनले मकवानपुरको भिमफेदीका विभिन्न गाउँहरुमा सचेतनामुलक, देखाउने गरेको बताइन् । त्यस्तै अन्तरक्रिया तथा अभिमुखीकरणहरु पनि गर्ने गरेको बताइन् । बेचबिखन सम्बन्धी कुनै केशहरु आएमा गाविस स्तरीय समिति सम्बन्धीत निकायमा पु¥याउनका लागि सक्षम रहेको पनि बताइन् ।  

मानव बेचविखन विरुद्धमा अहिले मकवानपुरका साविक गाविस स्तरमा महिला तथा बालबालिका कार्यालय मकवानपुरको सहयोगमा समूहहरु सक्रिय रहेको महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख शोभा शाहले बताइन् । त्यस्तै वडा स्तरमा वडा स्तरीय समिति गठन भएको प्रमुख शाहले बताइन् । वडा स्तरमै रहेको निगरानी समूह पनि सक्रिय रहेको उनले बताइन् । अहिले साविक ४३ वटै गाउँ विकास समितिमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको गाउँ समितिहरु पनि गठन भएको प्रमुख शाहले बताइन् । यि विविध संरचनामा महिलाको सहभागिताले गर्दा बेचविखनमा कमी आउन थालेको उनले प्रतिक्रिया दिइन् ।  


 



https://www.thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।