nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा बालमैत्री स्थानीय शासन अभिमुखकिरण

मकवानपुर थाहा नगरपालिकामा दुई दिने बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखकिरण शुरु भएको छ । १४ मंसीरबाट शुरु भएको अभिमुखकिरण युनिसेफको सहयोग, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समन्वय र विजय विकास स्रोत केन्द्रको आयोजनामा भएको हो ।

अभिमुखकिरणमा थाहानगरका कार्यकारी अधिकृत, सामाजिक विकास शाखा तथा बालमैत्री स्थानीय शासन फोकल पर्सन, सामाजिक परिचालक, संयुक्त वडा सेवा केन्द्रका सचिव तथा नगर स्थित रजनीतिक दलको प्रतिनीधि, नगर स्तरीय बालमैत्री स्थानीय शासन समितिका पदाअधिकारीलगायतकाको सहभागिता रहेको छ ।

कार्यक्रममा २१ जना सहभागीता रहेको छ । सहभागीहरुलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय नगरपालिका व्यवस्थापन महाशाखाका तुलसी मरासैनी र चर्तुवेदी चौबेले सहजीकरण गरेका थिए । 

यसअधि तालीम उद्घाटन कार्यक्रम थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा तालीमका सहभागीहरुलाई विजय विकास स्रोत केन्द्रका निर्देशक टीकाराम कंडेलले स्वागत गरेका थिए ।