purse-harayo-suchana-1638264288.jpg
Wednesday, 1st December, 2021
वि.स.
Dashain-Ukesh-1634132689.jpg

थाहा–१०का चार गाउँमा अर्को महिना दशै मनाइने (यस्तो छ कारण)

Thahaaaaaaaaa-1634192553.jpg

मकवानपुर थाहा नगरपालिका चित्लाङका चार गाँउका गोपाली तथा गमाल समुहदायले यसवर्षको दशै एकसाता पछि सारेका छन् । ऐतिहासिक जातीका रुपमा रहेका गोपाली र गमालहरुले परम्परागत चम्पाकेश्वर महादेवको जात्रा लाग्ने दिन कार्तिक संक्रान्तिभन्दा अघि दशै परेकोले महान पर्व दशै पछि सारेका हुन् । उनीहरुले आगामी कात्तिक ४ गते मात्र दशै मनाउने भएका छन् ।  यद्यपि यसवर्ष भने ३ गते कोज्रागत पूर्णिमा परेकोले ३ गते नै मनाउने विषयमा छलफल भएको चम्पाकेश्वर क्षेत्र विकास समितिका सदस्य क्षेत्र कर्ण गोपालीले जानकारी दिए । 

कार्तिक संक्रान्तिदेखि वरको पाँचौ औं दिन महानवमी परेकोले दशै पछि सरेको गोपाली समुदायका थकाली ९२ वर्षिय आरसिंह गोपालीले बताए । आठ दिनअघि गोपाली समुदायको परम्परागत जात्राका लागि ‘आँग’ अर्थात प्रसादका लागि जाँड राख्ने दिन हो । ‘कार्तिक संक्रान्तिको आठ दिन अघि महानवमी नपरेको भए दशैं माथ्यौं’– जात्राका गुरु श्याम बहादुर गोपालीले बताए । 

फाइल फोटोयसपाली अब चित्लाङको गोपालीको बसोबास रहेको न्हुँलगाँउ र टौखेल तथा गमालको बसोबास रहेको कलाँटु र तल्लो बिसिङ्खेलबासीले दशै सारेको  सदस्य कर्ण गोपालीले जानकारी दिए । चित्लाङका गोपाली र गमाल समुदायले साविक चलन अनुसार कार्तिक ४ गते दशैंको टीका लगाउने गोपालीले बताए । ‘अब परम्परा अनुसार कार्तिक १ गते चम्पाकेश्वर जात्रा मनाएर २ गते सगोलमा राँगा काट्ने, ३ गते बोकाको बली सहित कुल पुजा गरेर ४ गते टीका लगाउँछौ’, गोपालीले भने–‘हाम्रो समुदायमा जात्रा सकेर सकेसम्म दशैभित्रै टिका लगाउने चलन छ त्यसैले ३ गते कोजाग्रत पूर्णिमा परेकोले सोही दिन दशैको टिका लगाउँछौं ।’ 

कार्तिक संक्रान्तीका दिन गोपाली समुदायका गुठीयारहरुले ‘आँग’ अर्थात चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजी‘ अर्थात एक पटक मात्र कुटेको चिउरा प्रसादको रुपमा खाने गरिन्छ ।  उक्त प्रसाद खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास छ ।

 

यस्तो छ, किम्वदन्ती

धार्मीक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासंग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदि कालमै भएको दाबी छ । गोपाली जातीको बहुल्यता रहेको यो क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको ब्यवस्था गरीएको छ । यस भेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने बताइन्छ । यस मन्दिरमा पुख्यौँली घर पाटन रहेका राजोपाध्याय  खलकका पुजारी छन् । प्रत्येक वर्ष जात्रामा विशेष पुजाका लागि महादेवलाई जाँड र एकैपटक कुटीएको चिउरा चढाउनु पर्छ । जसलाई स्थानिय वासिन्दा ककः बजी भन्दछन् । 

फाइल फोटोसोही दिन बेलुकी काठको लठी ठोकाठोक गरेर टाउकोमा पगरी र पगरीभरि फूल सिउरेर स्थानीय गोपालीहरुले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ । उक्त नाचलाई स्थानिय भाषामा ‘ट्वाक प्याखँ’ भनिन्छ ।

स्थानिय गोपालवंशी ग्वालाहरुको अत्यन्त श्रद्धाको पर्व चम्पाकेश्वर मेलामा विभिन्न गुठीयारहरुले चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजी’ प्रसादको रुपमा खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास छ ।

किम्बदन्ती अनुसार हालको थानकोटलाई प्राचीन कालमा शोणितपूर भनिन्थ्यो । त्यहा राजा बाणासुर ले राज्य गर्दथे । एक दिन शिकार खेल्न राजपरिवार र सेनाहरु चन्दागिरी जंगल हुदै बिसिङखेलको वनमा आइपुगेको स्थानिय बासिन्दा बताउँछन् । उक्त वनको एउटा रुखमा फूलिरहेको चापको फूल राजकुमारीले देखेपछि उनी लोभिएको र उक्त फूल टिपेर ल्याउन अनुरोध गरिएको स्थानिय बुढापाकाहरु बताउँछन् । 

कथाअनुसार फूलको रुखको फेदबाट हेर्दा फूल देखिने र टुप्पोमा पुग्दा हराउने गरेपछि राजालाई साह्ै रिस उठेछ । त्यसपछि कलाँटु गाँउका काठका काम गर्ने ब्यक्तिहरुलाई बोलाएर उक्त रुख काट्न आदेश दिएछन् । रुख काट्दा रगत आएको र एउटा ज्योर्तीलङ्ग पैदा भएपछि कलाँटुका गमालहरुले उक्त ज्योर्तीलङ्ग आफ्नो गाँउमा लगेर राखेछन् । तर त्यो रात गाँउमा कुखुराको भाले नबासेपछि केहि अनिष्ट भयो भन्ठानेर गाँउलेमा चिन्ता बढेछ । क्षमापुजा गरेपछि आकाशवाणी भएर ‘सोझा जाती गोपाली बस्ने टौखेलमा मलाई लगेर राख्नु’ भनेपछि अझैपनि जात्राको दिन टौखेलबाट शिवलिङ्ग ल्याउने र जात्रा सकिएपछि फिर्ता लैजाने प्रचलन रहेको छ । अहिले पनि चाँपको रुखको ठुटो हालसम्म मन्दिरमै छ ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

Dashain-Yugal-1634128548.jpg
Dashain-Ganeshman-Shresth-1634180448.jpg
Apil-ward-6-1634212880.jpg
Apil-Ward-8-1634212920.jpg
Apil-Ward-11-1634212986.jpg
Apil-Ward-12-1634213008.jpg






Dashai-Jiyo-Bhim-1634040682.jpg
Dashai-Krishna-Balami-1634040714.jpg
Dashai-Sudip-Adhikari-1634040764.jpg
Dashai-Ramprashad-Gopali-1634040808.jpg


Dashai-Srikrishna-KC-1634130800.jpg

Dashain-Bishnu-Bista-1634180087.jpg
Dashain-Ramhari-Adhikari-1634180197.jpg
Dashai-Sanobhai-Karki-1634180249.jpg
Dashain-Rajeev-Syangtan-1634180279.jpg
Dashain-Bishnuhari-Dhakal-1634180314.jpg
Dashain-Nawaraj-Bista-1634180353.jpg
Dashain-Jayram-KC-1634180382.jpg