Monday, 24th March, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

चन्द्रागिरी सडक कालोपत्रे गर्न पन्ध्र करोडको ठेक्का आह्वान

sadak-1738917481.jpg

आर्थिक विकासको मूल ढोकाको रुपमा रहेको गणेशमान सिंह (चित्लाङ–चन्द्रागिरी–थानकोट) मार्गको खण्ड स्तरीकरण एवम् कालोपत्रे गर्नका लागि १५ करोडको ठेक्का आह्वान गरिएको छ । चालु आ.व.मा विनियोजित रकम ४ करोड ३१ लाखलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १० करोड ६९ लाख बजेट वृद्धि गरी १५ करोडको ठेक्का आह्वान गरेको हो । यस ठेक्कामार्फत् सडकलाई अहिले भइरहेको काममा थप नाली निर्माण तथा कालोपत्रेले निरन्तरता पाउनेछ । 

सांसद तथा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका स्वकीय सचिव आशिष अस्लामीका अनुसार आफ्नो कार्यकालमा चित्लाङ चन्द्रगिरी थानकोट सडकलाई पुर्णतया स्तकीरण गरी उत्तरी मकवानपुरको थाहा नगरलाई समृद्ध बनाउने सांसद बर्तौलाको चाहना अनुसार उनकै पहलमा बजेट थप गरी ठेक्का आह्वान गरिएको हो । 

यसअघि ७ करोड ९९ लाखको ठेक्काबाट उक्त सडकमा स्तरीकरणको काम भरहेको छ ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०